२०८३ जेष्ठ १२ गते , मंगलबार

अर्जुनधारा- ४ मा काँग्रेसका कटुवाल वडाध्यक्षमा निर्वाचित 

sajilo news
झापा
२०७९ जेष्ठ ४ गते , बुधबार
अर्जुनधारा- ४ मा काँग्रेसका कटुवाल वडाध्यक्षमा निर्वाचित 

अर्जुनधारा नगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली काँग्रेसका अम्बरबहादुर कटुवाल निर्वाचित भएका छन् । केही बेर अघि सम्पन्न मतगणना अनुसार १६६० मत ल्याई कटुवाल वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका एकदेव खनालले १०७७ मत ल्याएका छन् । त्यस्तै सदस्यतर्फ दुई वटा खुल्ला सदस्य एमालेले जितेको छ भने अन्य दुई वटा कांग्रेसले जितेको छ ।

खुल्ला सदस्यमा एमालेका अमृतबहादुर बुढाथोकी १२४२ , जितबहादुर लिम्बू ११७३ मत ल्याई विजयी हुँदा महिला सदस्यमा काँग्रेसकी कोपिला थापा र दलित महिला सदस्यमा काँग्रेसकै सितादेवी विश्वकर्मा १८३० मत ल्याई निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार