२०८३ जेष्ठ १२ गते , मंगलबार
माओवादीले झापामा जित्यो अर्को वडा अध्यक्ष, शिवसताक्षी- २ मा नेम्बाङ निर्वाचित
शिवसताक्षी नगरपालिकाको वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएको छ । माओवादीका भीमबहादुर नेम्बाङ ११९० मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका हुन् । उपविजेता बनेका नेकपा एमालेका प्रदीप चिमरियाले १०४० मत पाएका छन् । वडाध्यक्ष माओवादीले जित्दा बाँकी सबै सदस्य एमालेले जितेको छ ।
खुल्ला सदस्यमा एमालेका यामबहादुर राई ११८५ , भोजकुमार ढकाल १०२० , महिला सदस्यमा दुर्गादेवी ढकाल ११२० र दलित महिला सदस्यमा धनकुमारी तिवारी ११२४ मतसहित निर्वाचित भएका छन् । योसहित माओवादीले झापामा तीन वटा वडाध्यक्ष जितिसकेको छ ।