२०८३ जेष्ठ १२ गते , मंगलबार

बिर्तामोड- ९ मा एमालेको प्यानल विजयी

sajilo news
झापा
२०७९ जेष्ठ ४ गते , बुधबार
बिर्तामोड- ९ मा एमालेको प्यानल विजयी

बिर्तामोड नगरपालिकाको वडा नम्बर- ९ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ । एमालेका हरिप्रसाद चौलागाई ९५८ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी गठबन्धनका माओवादी उम्मेदवार मनप्रसाद सुब्बा लिम्बूले ८०१ मत प्राप्त गरे । त्यस्तै तेस्रो स्थानमा रहेका राप्रपाका कर्णबहादुर कार्कीले ३०५ मत ल्याए ।

त्यस्तै चारजना सदस्य पनि एमालेले जितेको छ । खुल्ला सदस्यमा केशव बुढाथोकी १०३८ , चन्द्रप्रसाद दंगाल १०२८ , महिला सदस्यमा सल्पना राजवंशी ११०८ र दलित महिला सदस्यमा सङ्गीता सिवा १०५५ मत ल्याई निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार