२०८३ जेष्ठ १२ गते , मंगलबार

भद्रपुरमा गठबन्धनका उम्मेदवारभन्दा ३३३ मतले राप्रपाकी कार्कीको अग्रता

sajilo news
पार्थ मण्डल
२०७९ जेष्ठ ४ गते , बुधबार
भद्रपुरमा गठबन्धनका उम्मेदवारभन्दा ३३३ मतले राप्रपाकी कार्कीको अग्रता

झापा । भद्रपुरमा गठबन्धनबाट उपमेयरका उम्मेदवार माओवादी केन्द्रका शिवकुमार राजभण्डारीभन्दा ३३३ मतले राप्रपाकी राधा कार्कीले अग्रता लिएकी छिन् । ९ नम्बरमा कार्कीले मतान्तर बढाउँदै लगेको मत परिणामले देखाउँछ । कार्कीले ७९७५ मत ल्याउँदा राजभण्डारीले ७६४२ मत ल्याएर पन्छाइरहेका छन् । ७ नम्बर वडाको मतगणनापछि राप्रपाकी राधा कार्कीले अग्रता लिएकी थिइन । ८ नम्बरको मतगणना सम्पन्न पश्चात् पुनः गठबन्धनका राजभण्डारी ९५ मतले अगाडि थिए । ९ नम्बरको गणनाले कार्की फेरि अगाडि बढिन् ।  

सम्बन्धित समाचार