२०८३ जेष्ठ १२ गते , मंगलबार
गौरादह-५ मा एमालेले प्यानल जित्यो
गौरादह नगरपालिका- ५ मा नेकपा एमालेले प्यानल नै जितेको छ । एमालेका जगन्नाथ खनालले नेपाली काँग्रेसका ताराकुमार श्रेष्ठलाई ३०७ मतान्तरले पराजित गरी वडाध्यक्ष जितेका हुन् । खनालले १८९० मत ल्याउँदा श्रेष्ठले १५८३ मत पाएका छन् । त्यस्तै वडा सदस्यमा समेत एमालेका उम्मेदवारहरू निर्वाचित भएका छन् ।
खुल्ला सदस्यमा मोहनकुमार राई १८०६ ,कपिलमणि काफ्ले १७८५ , महिला सदस्यमा गोमादेवी लिम्बू ९चेम्जोङ १७६७ र दलित महिला सदस्यमा छलीमाया नेपाली १९३१ मत ल्याएर निर्वाचित भएका छन् । हालसम्म गौरादहको ५ वडामा मतगणना सम्पन्न भएकोमा ३ वटामा एमाले , एउटामा काँग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।