२०८३ जेष्ठ १२ गते , मंगलबार
कांग्रेसले अर्जुनधारामा अर्को वडा अध्यक्ष पनि जित्यो
झापा । नेपाली कांग्रेसले अर्जुनधाराको अर्को वडाध्यक्ष पनि जितेको छ । अर्जुनधारा ३ को वडाध्यक्षमा काँग्रेसका सिताराम भट्टराई निर्वाचित भएका हुन् । उनले १७८५ विजयी मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका हरिबहादुर वाग्लेले १४८४ मत पाएका छन् । कांग्रेसले वडाध्यक्ष जिते पनि चार वटै वडा सदस्य भने एमालेले जितेको छ ।
खुल्ला सदस्यमा एमालेका चन्द्रमाया तामाङ १५६९,नारायणप्रसाद चापागाईँ १३८९ , महिला सदस्यमा सुमनकुमारी राई १५७७ र दलित महिला सदस्यमा सितादेवी सार्की १५३९ मत ल्याएर विजयी भएका छन् । यसअघि गठबन्धनका तर्फबाट कांग्रेसले अर्जुनधाराको वडा नं १ ,२ र ४ को वडाध्यक्ष जितिसकेको छ ।