२०८३ जेष्ठ १२ गते , मंगलबार

भद्रपुरको उपमेयरमा राप्रपाकी कार्कीले बढाइन् मतान्तर

sajilo news
झापा
२०७९ जेष्ठ ४ गते , बुधबार
भद्रपुरको उपमेयरमा राप्रपाकी कार्कीले बढाइन् मतान्तर

भद्रपुरको उपमेयरमा राप्रपाकी राधा कार्कीले मतान्तर बढाउँदै लगेकी छिन् । भद्रपुर वडा ९ को मतगणना सम्पन्न हुँदा कार्कीले गठबन्धनबाट माओवादीका उम्मेदवार शिवकुमार राजभण्डारीलाई ५१२ मतान्तरले अग्रता लिएकी छिन् । कार्कीले ८३५२ र राजभण्डारीले ७८३९ मत ल्याएका छन् ।

स्मरण रहोस् ७ नम्बर वडाको मतगणनापछि मात्र राप्रपाकी कार्कीले अग्रता लिएकी थिइन । ८ नम्बरको मतगणना सम्पन्न पश्चात् पुनः गठबन्धनका राजभण्डारी अगाडि थिए । ९ नम्बरको गणनापछि कार्की फेरि अगाडि बढेकी छिन् । अब १० वडाको मात्र गणना बाँकी छ । १० नम्बरले नै उपमेयर को बन्ने हो फैसला गर्ने छ । १० नम्बर ३८३७ मत खसेको हो ।

सम्बन्धित समाचार