२०८३ जेष्ठ १२ गते , मंगलबार
एमालेले भद्रपुरमा अर्को वडा पनि प्यानलसहित जित्यो, वडा अध्यक्षमा दाहाल निर्वाचित
नेकपा (एमाले)ले भद्रपुर नगरपालिकामा अर्को वडा पनि प्यानलसहित जितेको छ । भद्रपुर- ९ मा एमालेका रामप्रसाद दाहाल वडा अध्यक्षमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी राप्रपाका ज्ञान बहादुर राईलाई २२७ मतान्तरले पराजित गर्दै दाहाल वडा अध्यक्षमा निर्वाचित भएका हुन् । दाहाल निवर्तमान वडा सदस्य हुन् ।
दाहालले १२६४ मत ल्याउँदा राईले १०३७ मत ल्याएका छन् । त्यस्तै गठबन्धनबाट एकीकृत समाजवादीका जङ्ग बहादुर रसाइलीले ७३६ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यहरूमा एमालेका प्रकाश राजवंशी, मञ्जु दाहाल (पोखरेल), मन्जु खड्का र शर्मिला दमाई मत ल्याएर निर्वाचित भएका छन् । एमालेले अहिलेसम्म १ नम्बर वडामा प्यानल र केही वडामा सदस्यहरू जितेको छ ।