२०८३ जेष्ठ १२ गते , मंगलबार

पदभार ग्रहण गर्दै बाह्रदशीका अध्यक्ष चम्लागाईले भने : गर्भवती महिलाको निःशुल्क भिडियो एक्स–रे गर्छु

sajilo news
झापा
२०७९ जेष्ठ ९ गते , सोमबार
पदभार ग्रहण गर्दै बाह्रदशीका अध्यक्ष चम्लागाईले भने : गर्भवती महिलाको निःशुल्क भिडियो एक्स–रे गर्छु

बाह्रदशी गाउँपालिकाका अध्यक्ष देवेन्द्र चम्लागाई र उपाध्यक्ष शान्ता सिवाकोटीले पदभार ग्रहण गरेका छन् । सोमवार गाउँपालिकाको कार्यालयमा आयोजित शपथग्रहण कार्यक्रम पश्चात् अध्यक्ष, उपाध्यक्षले पदभार ग्रहण गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमबाट शपथ ग्रहण गरेका गाउँपालिका अध्यक्ष चम्लागाईले उपाध्यक्षसहित, वडाध्यक्ष र सदस्यहरूलाई शपथग्रहण गराएका छन् । उनले शपथग्रहण गराएपछि वडाध्यक्षहरूले समेत पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै उपाध्यक्ष शिवोकाटीले गर्भवती महिलाको निःशुल्क भिडियो एक्स–रे गर्ने कार्यक्रम पेस गरिन् । उपाध्यक्षको सो कार्यक्रमलाई अध्यक्ष चम्लागाईले सदर गर्दै पदभार ग्रहण गरेका हुन् । चकचकी, राजगढ र डाँगीवारि स्वास्थ्य केन्द्रबाट सेवा उपलब्ध गराउने गरी निःशुल्क भिडियो एक्स–रे कार्यक्रम सञ्चालन गरिएको छ । सो कार्यक्रमबाट गाउँपालिकाका गरिब, विपन्न महिलालाई लाभान्वित हुने विश्वास गरिएको छ ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष चम्लागाईले बाह्रदशी गाउँपालिकाको समग्र विकास र समृद्धिमा सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । उनले नमुना गाउँपालिका बनाउँदै सबै गाउँपालिकावासीको हितमा काम गरेर देखाउने बताएका छन् ।

सम्बन्धित समाचार