२०८३ जेष्ठ १२ गते , मंगलबार
कचनकवलका अध्यक्ष राजवंशीले पदभार ग्रहण गर्दै गरे यस्तो निर्णय
झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी र उपाध्यक्ष नवराज भट्टराईसहित नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष राजवंशीले तीन वटा निर्णय गरेका छन् । उनले प्यालाष्टिक छानो मुक्त कचनकवल, कचनकवलका सुत्केरी महिलालाई जिल्लाभित्र निःशुल्क एम्बुलेन्स सेवा र भुमिहिन सुकुम्बासी र दलित परिवारलाई चालु आर्थिक बर्षभित्र जग्गा धनिपूर्जा वितरण गर्ने निर्णय गरेका हुन् । कचनकवलमा नवनिर्वाचित ३७ जना जनप्रतिनिधिले शपथ खाँदै आजैदेखि पदभार ग्रहण गरी जनताको कामकाजमा लागि परेका छन् ।