२०८३ जेष्ठ १२ गते , मंगलबार

५ वर्षभित्र एक हजार आवास बनाउने अर्जुनधारा मेयर गोम्देनको निर्णय

sajilo news
झापा
२०७९ जेष्ठ ९ गते , सोमबार
५ वर्षभित्र एक हजार आवास बनाउने अर्जुनधारा मेयर गोम्देनको निर्णय

अर्जुनधारा नगरपालिकाका नवनिर्वाचित मेयर बलदेव गोम्देनले पदभार ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतबाट शपथग्रहण गरे लगत्तै मेयर गोम्देनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै पाँच वर्षमा एक हजार आवास बनाउने घोषणा गरेका छन् । गरिब, विपन्न नागरिकका लागि एक हजार आवास निर्माण गर्ने पहिलो निर्णय गरेका हुन् । यस्तै, रातो अपाङ्गता कार्ड भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य बिमा गरिने घोषणा गरेको पत्रकार नन्दलाल खतिवडाले जानकारी दिए ।

यस्तै, अर्जुनधारा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूलाई निर्वाचन कार्यालय अर्जुनधाराले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ । निर्वाचित अन्य जनप्रतिनिधिहरूको शपथग्रहण बुधवार गराइने तयारी गरिएको छ ।

सम्बन्धित समाचार