२०८३ जेष्ठ १२ गते , मंगलबार

दमकल खरिद गर्ने शिवसताक्षी मेयर थ्रोपाको पहिलो निर्णय

sajilo news
झापा
२०७९ जेष्ठ १२ गते , विहीबार
दमकल खरिद गर्ने शिवसताक्षी मेयर थ्रोपाको पहिलो निर्णय

शिवसताक्षीबासीले पटक पटक उठाउँदै आएको दमकल आवश्यकताको मुद्दालाई नगरपालिकामा नवनिर्वाचित नगर प्रमुख रोशन थोप्राले कार्यभार सम्हालेकै दिन सम्बोधन गरेका छन् । मेयर पदको प्रत्याशीको रुपमा चुनावी मैदानमा रहँदा नगर प्रमुख थोप्राले कार्यपालिका प्रवेश गरेकै दिन दमकल खरिदको निर्णय हुने उनले मतदातालाई बताउँदै आएका थिए ।

नगर प्रमुखको कार्यकक्षमा नगर प्रमुख थोप्राले आम नगरबासीले उठाएको विषय र नगरपालिकाको आवस्यक्ता अनुरूप दमकल खरिद गर्ने निर्णय गरेका हुन् । नगर प्रमुख थोप्राले पदभार ग्रहण गरेकै दिन आर्थिक वर्ष ०७/(०८० बाट खर्च हुने गरी दमकल खरिदको निर्णय भएको नगरपालिकाका सहायक सूचना अधिकारी डिल्ली नेपालले बताए ।

नेकपा एमाले लगायतका अन्य राजनीतिक दलले नगरमा दमकल खरिदको विषयलाई निर्वाचन घोषणा पत्रमै समेटेका थिए । नगर प्रमुख थोप्राले भने, ‘आम जनसरोकारको विषयलाई पदभार ग्रहण भएकै दिन निर्णय गर्न पाउँदा गर्व लागेको छ ।’ अन्य विषयलाई पनि क्रमै सँग अघि बढाइने उनले बताए । चार वर्ष अघि वडा नम्बर ७ मा एक घरमा आगो लाग्दा ४ जनाको ज्यान गएको थियो । दमकल नहुँदा कयौँ घरहरू जलेर खरानी भएको थियो ।

नगर प्रमुख थोप्राले बिहीबार शिवसताक्षी नगरपालिकाको वडा नम्बर १ को लक्ष्मी नारायण माध्यमिक विद्यालयको मूल गेटमा आइरन चेन गेट र भवनको झ्याल निर्माणका लागि ४ लाख विनियोजन गरेका छन् । नगर प्रमुख थोप्राले सो कार्यको लागि १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयमा हस्ताक्षर सहितको सिफारिस समेत गरेका छन् । मेयर थोप्राको यो सिफारिस पाँच वर्षको कार्यकालमा पहिलो हो ।

सम्बन्धित समाचार