२०८३ जेष्ठ १२ गते , मंगलबार

तरुण दलका क्षेत्रीय सभापति लिम्बु र नगर सचिव धमला राप्रपामा प्रवेश

sajilo news
झापा
२०७९ जेष्ठ २२ गते , आईतबार
तरुण दलका क्षेत्रीय सभापति लिम्बु र नगर सचिव धमला राप्रपामा प्रवेश

नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । काँग्रेस निकट नेपाल तरुण दल झापा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति खडक लिम्बु, तरुण दलका भद्रपुर नगर सचिव सन्तोष धमला, काँग्रेसका क्षेत्रीय प्रतिनिधि दिलकुमारी राई लगायत २४ जना राप्रपामा प्रवेश गरेका हुन् ।

उनीहरूलाई राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पार्टीमा स्वागत गरेका छन् । लिम्बु झापा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हुन भने धमला झापा उद्योग वाणिज्य सङ्घका वाणिज्य उपाध्यक्ष हुन् । 

भद्रपुर नगरपालिका- २ स्थायी बसोबास गर्दै आएका लिम्बुले काँग्रेसको लामो यात्रालाई टुङ्गाउँदै राप्रपा प्रवेश गरेको बताइएको छ ।  पार्टीमा कुनै स्वार्थ नराखी तीन दशक लामो समय विभिन्न पदमा रहेर काम गरेपनि बिपीको सिद्धान्तलाई कुल्चिएर भाषण मात्र गर्ने परिपाटी बढ्दै गएपछि पार्टी परित्याग गर्नु परेको लिम्बुको भनाइ छ ।

सम्बन्धित समाचार