२०८३ जेष्ठ १२ गते , मंगलबार

काँग्रेस बिपीका नेताहरू राप्रपामा प्रवेश

sajilo news
झापा
२०७९ असार ५ गते , आईतबार
काँग्रेस बिपीका नेताहरू राप्रपामा प्रवेश

नेपाली काँग्रेस बिपीका केन्द्रीय नेताहरू राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काँग्रेस बिपी उपाध्यक्ष सुदर्शन सिटौला, सह महामन्त्री दीपक कार्कीसहित केन्द्रीय नेताहरूलाई राप्रपामा प्रवेश गराएका हुन । 

राप्रपा पार्टी कार्यालयमा धुम्बाराहीमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले उनीहरूलाई राप्रपामा प्रवेश गराएका थिए । 

काँग्रेस बिपीका केन्द्रीय सदस्यहरू गोपाल श्रेष्ठ, ध्रुव थापा, झविन्द्रराज आचार्य, गोपाल सापकोटा, सीता बस्नेत, सुशील कुमार कार्की, विनोद हमाल, प्रकाश ज्ञवाली, लोकबहादुर कार्की लगायतका नेताहरू राप्रपामा प्रवेश गरेका छन् ।

साथै नेपाली काँग्रेस धुलिखेलका नेता इन्जिनियर रञ्जीब श्रेष्ठ पनि राप्रपामा प्रवेश गरे । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशीहरुलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए । 
 

सम्बन्धित समाचार