२०८३ जेष्ठ १२ गते , मंगलबार
रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी
नयाँ ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका रवि लामिछानेले पार्टीको चुनाव चिह्न घण्टी प्रस्ताव गरेका छन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा लामिछानेले पार्टीको नामसँगै प्रस्तावित चुनाव चिह्न घण्टी रहेको सार्वजनिक गरेका हुन्।
अब यो नाम र चुनाव चिह्न दर्ताका लागि निर्वाचन आयोगमा जाने उनले बताए। उनले भने, 'अब यो सुशासनको घण्टी हो, भ्रष्टहरूका लागि जनाउ घण्टी हो।’ लामिछानेले आफ्नो नेतृत्वमा हाल २१ सदस्यीय पार्टी गठन गरेका छन्। उनले पार्टीमा भएकाहरूको नाम भने खुलाएनन्।