२०८३ जेष्ठ १२ गते , मंगलबार
इन्धनको मूल्य वृद्धिविरुद्ध अनेरास्ववियुद्वारा आन्दोलनको कार्यक्रम घोषणा
नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले इन्धनको मूल्य वृद्धिविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । अनेरास्ववियुले चरणबद्ध रूपमा खबरदारी गर्दै विरोधको कार्यक्रम सार्वजनिक गरेको छ । अनेरास्ववियुले असार ११ गते प्रत्येक जिल्ला सदरमुकाममा सिट्ठी जुलुस निकाल्ने सङ्गठनका केन्द्रीय अध्यक्ष सुनिता बरालले जानकारी दिइन् । त्यस्तै असार १२ गते देशभरका शैक्षिक संस्थामा सरकार कहाँ छ ? भन्ने नाराका साथ कालो ब्यानर राख्ने कार्यक्रम छ। त्यसैगरी असार १३ देखि १८ गतेसम्म मूल्यवृद्धिविरुद्ध शैक्षिक संस्था र जिल्ला सदरमुकामका प्रमुख चोकमा हस्ताक्षर कार्यक्रम आयोजना गरिने बरालले जानकारी दिइन् ।