२०८३ जेष्ठ २१ गते , विहीबार

चालु आर्थिक बर्षको भुक्तानी तथा निकासा शनिबार राति १२ देखि बन्द

sajilo news
झापा
२०७९ असार २५ गते , शनिबार
चालु आर्थिक बर्षको भुक्तानी तथा निकासा शनिबार राति १२ देखि बन्द

चालु आर्थिक वर्ष २०७८/७९ को भुक्तानी तथा  निकासा शनिबार रातिदेखि रोकिने भएको छ। चालु आर्थिक वर्षको वार्षिक खाताबन्दीका क्रममा प्रदेश तथा स्थानीय तहमा सञ्चालित प्रणाली राति १२ बजेदेखि बन्द हुने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

शनिबार सार्वजनिक विदा भए पनि भुक्तानीको व्यवस्था मिलाउन सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय,प्रदेश लेखा इकाइ र स्थानीय तहलाई कार्यालयले  निर्देशन दिएको छ । 

सम्बन्धित समाचार