२०८३ जेष्ठ १२ गते , मंगलबार

राप्रपाले जनसङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने 

sajilo news
झापा
२०७९ श्रावण ७ गते , शनिबार
राप्रपाले जनसङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भदौ महिनामा उपत्यकाकेन्द्रित जनसङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने भएको छ।  पार्टीको शनिवार सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले साउन महिनाभित्र राष्ट्रव्यापी विरोध कार्यक्रम सम्पन्न भएपछि भदौमा जनसङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। 

यसैगरी गत आवधिक निर्वाचनहरूमा सरकार निष्पक्ष नरहेको भन्दै आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय रूपमा सम्पन्न गर्न राप्रपाले माग गरेको छ।  अत्यधिक महँगी भएका हुँदा सर्वसाधारणलाई समस्या परेकाले  गरिब एवम् असहायलाई तत्काल राहत उपलब्ध गराउन पनि माग गरेको छ।

महँगी नियन्त्रण गर्न नसक्दा, किसानलाई मल उपलब्ध गराउन नसक्दा र करको दर परिवर्तन गरी सीमित व्यवसायीलाई फाइदा दिलाएको भन्दै पार्टीले सरकार असफल भएको ठहर गरेको छ।  बैठक काठमाडौँको धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको थियो। बिहीबारदेखि सुरु भएको बैठक शनिवार सकिएको हो। 

सम्बन्धित समाचार