२०८३ जेष्ठ १२ गते , मंगलबार

प्रदेश १ को नाम कोचिला, लिम्बुवान, किराँत हुनुपर्छ : नेता मेयाङ्वो

sajilo news
झापा
२०७९ श्रावण १६ गते , सोमबार
प्रदेश १ को नाम कोचिला, लिम्बुवान, किराँत हुनुपर्छ : नेता मेयाङ्वो

भद्रपुर । नेकपा (माओवादी केन्द्र) का नेता तथा जातीय फ्याक्शन इन्चार्ज मुक्साहाङ मेयाङ्वोले प्रदेश नम्बर १ को नाम बहुपहिचानका आधारमा हुनु पर्ने बताएका छन् । 

भद्रपुरमा सोमवार आयोजित एक कार्यक्रममा बोल्दै माओवादी नेता मेयाङ्वोले अहिलेको १ नम्बर प्रदेशको भूगोल अर्थात् १४ जिल्ला कोचिला, लिम्बुवान र किराँत सभ्यताको उद्गमस्थल भएकाले बहु पहिचानको आधारमा नामकरण हुनु पर्ने बताएका हुन् । साझा पहिचान र सह–अस्तित्वसहितको कोचिला, लिम्बुवान, किराँत नामकरण हुँदा सबैको अधिकार समेटिने नेता मेयाङ्वोको भनाई छ । पार्टीको आधिकारिक बटम लाइन पनि त्यही भएको उनले बताएका छन् । 

३ नम्बर क्षेत्र इन्चार्ज डिल्ली घिमिरे (हिक्मत)को अध्यक्षता तथा पोलिट ब्युरो सदस्य तथा प्रदेश १ का सह–इन्चार्ज सावित्रीकुमार काफ्ले (समर) को प्रमुख आतिथ्य भएको  कार्यक्रममा पार्टीका प्रदेश १ का सचिव गणेश उप्रेती, प्रदेश सचिवालय सदस्य तथा झापा सह–इन्चार्ज पुरुषोत्तम चुँडाल (राजु)लगायतले आ–आफ्नो धारणा राखेका थिए ।  सोही कार्यक्रममा ३ नम्बर क्षेत्रीय समिति र प्रादेशिक निर्वाचन क्षेत्र समिति गठन गरिएको भद्रपुर नगर सह–इन्चार्ज पुकारचन्द्र राजवंशीले जानकारी दिए । 

सम्बन्धित समाचार