२०८३ जेष्ठ १२ गते , मंगलबार
राष्ट्रिय स्वतन्त्र पार्टीले झापाका पाँचै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने
राष्ट्रिय स्वतन्त्र पार्टीले झापाका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउने भएको छ । पार्टीको जिल्ला कार्यसमिति बैठकले जिल्लाका ५ वटै निर्वाचन क्षेत्र र १० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको हो । यद्यपि उम्मेदवारको तय भने सम्बन्धित पालिकाको सिफारिसका आधारमा पछि गरिने सो पार्टीका जिल्ला सचिव प्रकाश पाठकले जानकारी दिए ।
इटहरीमा साउन ३० गते हुने प्रदेश भेलापछि रास्वपाले उम्मेदवारका विषयमा निर्णय गर्ने तयारी गरेको छ । स्वतन्त्र रुपमा अभियान चलाएका र क्षमता भएका योग्य व्यक्तिलाई समेत पार्टीमा स्थान दिने पार्टीका जिल्ला सभापति उमेश खरेलले बताए । संवैधानिक समाजवादलाई आफ्नो मुख्य एजेन्डा बनाएको पार्टीले भदौको पहिलो साताबाट चुनावी अभियान समेत सुरु गर्ने जनाएको छ ।