२०८३ जेष्ठ १२ गते , मंगलबार
झापा क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभा सदस्यमा राजवंशी सर्वसम्मत सिफारिस
झापा क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भूमिप्रसाद राजवंशी सर्वसम्मत सिफारिस भएका छन् । सो क्षेत्रमा गठबन्धनबाट प्रदेशसभा सदस्यमा काङ्ग्रेस नेता राजवंशीलाई उठाउने लगभग सहमति भएको श्रोतको दाबी छ।
क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बिहीबार बसेको बैठकले उनलाई सर्वसम्मत रुपमा सिफारिस गरेको हो । राजवंशी २०७४ को चुनावमा एमाले ,माओवादी र राप्रपाको गठबन्धन उम्मेदवार वसन्त बानियाँसँग पराजित भएका थिए ।