२०८३ जेष्ठ १२ गते , मंगलबार

पार्टीभित्र चर्को गुटबन्दीले माओवादीमा समस्या : प्रचण्ड

sajilo news
झापा
२०७९ भाद्र १७ गते , शुक्रबार
पार्टीभित्र चर्को गुटबन्दीले माओवादीमा समस्या : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीभित्र चर्को गुटबन्दीका कारण समस्या आएको बताएछन्। आज सुर्खेतमा कर्णाली प्रदेशका १० जिल्लाबाट आएका पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

कर्णालीभन्दा अन्य प्रदेशमा बढी गुटबन्दी भएको भन्दै उनले पार्टी निर्माणका लागि सबैले गुटगत मानसिकता त्याग्नुपर्ने बताए। अन्य प्रदेशमा गुटका कारण बोलचाल समेत बन्द भएको भन्दै अध्यक्ष प्रचण्डले माओवादी अब साँच्चिकै जनताको पार्टी बन्ने हो भने सच्चिनुपर्ने बताए।

स्वार्थ समूह र गुटबन्दी नत्यागेसम्म पार्टी निर्माण गर्न नसकिने उनको भनाइ छ। उम्मेदवार छनोट गर्दा जनजाति, दलित र पछाडि पारिएका समुदायका व्यक्तिलाई प्राथमिकता दिनुपर्ने बताए। स्थानीय तहको चुनावमा आफूले गरेको स्कुल कार्यान्वन नभएको भन्दै प्रचण्डले अब त्यस्तो नगर्न सुझाव समेत दिए।

सम्बन्धित समाचार