काँग्रेसबाट झापा ३ (क) मा प्रदेशसभा प्रत्यक्ष र समानुपातिकमा को-को भए सिफारिस ?
भद्रपुर । झापा क्षेत्र नम्बर ३ (क) मा नेपाली काँग्रेसले प्रदेश सभाको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरू सर्वसम्मत सिफारिस गरेको छ । नेपाली काँग्रेस ३ ९क० क्षेत्रीय समितिको बैठकले प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ भूमिप्रसाद राजवंशीलाई सिफारिस गरेको छ । त्यस्तै समानुपातिक खुलातर्फ विजय रिजाल, मनप्रसाद कोइराला, सीताराम खड्का, राजेन्द्र घिमिरे, गीताप्रसाद भट्टराई, बोधकृष्ण सुबेदी, अजय साहेवाला र प्रेम विक्रम भट्टराई सर्वसम्मत सिफारिस भएका छन् ।
समानुपातिक खुला महिलातर्फ शर्मिला अधिकारी, प्रमीला कोइराला, गीता खरेल, कृष्णमाया खड्का, सीतादेवी भट्टराई र लता कार्की सिफारिस भएकी छिन् । समानुपातिक आदिवासी जनजातितर्फ मोहन महर्जन, सञ्जीवसिंह राजवंशी, खस आर्यतर्फ गीता खरेल, आदिवासी जनजाति महिलातर्फ शिला तामाङ र मधेसी तर्फ हरिकृष्ण घोष सिफारिस भएका छन् ।