२०८३ जेष्ठ १२ गते , मंगलबार

झापा २ (क) बाट प्रदेशसभा सदस्यमा माओवादीबाट तीन जनाको नाम सिफारिस

sajilo news
झापा
२०७९ भाद्र १८ गते , शनिबार
झापा २ (क) बाट प्रदेशसभा सदस्यमा माओवादीबाट तीन जनाको नाम सिफारिस

नेकपा (माओवादी केन्द्र) झापा क्षेत्र नम्बर २ (क) ले ज्योतिसिंह दर्लामीसहित तीन जनाको नाम प्रदेशसभाका लागि सिफारिस गरेको छ । त्यसैगरी समानुपातिक तर्फ दुई जनाको नाम सिफारिस भएको जनाइएको छ । 

पार्टीका प्रदेश कमिटी सचिवालय सदस्य, झापा सह–इन्चार्ज तथा झापा क्षेत्र २ (क) निर्वाचन परिचालन कमिटीका प्रमुख ज्योतिसिंह दर्लामी, प्रदेश कमिटी सदस्य तथा झापा क्षेत्र २ (क) निर्वाचन परिचालन कमिटीका उप–प्रमुख भूपाल सापकोटा र प्रदेश कमिटी सदस्य कुवेर श्रेष्ठ ९अरुण० लाई प्रदेशसभा निर्वाचनका लागि सिफारिस गरिएको हो । 

त्यसैगरी समानुपातिकतर्फ पार्टीकी प्रदेश कमिटी सदस्य निर्मला खतिवडा र बिर्तामोड नगरपालिका उपाध्यक्ष छाया सिग्देललाई झापा क्षेत्र  २ (क) निर्वाचन परिचालन कमिटीको शुक्रवार बसेको बैठकले सिफारिस गरेको जनाइएको छ । 

सम्बन्धित समाचार