२०८३ जेष्ठ १२ गते , मंगलबार

भ्रामक अभिव्यक्ति दिने खनाललाई कारबाही गर्ने राप्रपाको चेतावनी

sajilo news
झापा
२०७९ भाद्र १९ गते , आईतबार
भ्रामक अभिव्यक्ति दिने खनाललाई कारबाही गर्ने राप्रपाको चेतावनी

कुनै पदमा नरहेका योगेन्द्र खनालले आफूलाई केन्द्रीय सदस्य तथा युवक संगठनको नेता बताउँदै भ्रामक अभिव्यक्ति दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले उनलाई सचेत गराएको छ । उनले केही दिनअघि आफूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य तथा युवक संगठनको नेता बताउँदै सो पार्टी त्यागेर झापा ३ नं. क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका थिए । तर, राप्रपाले पार्टी परित्याग गरेको बताउने खनाल अहिलेसम्म पार्टीको कुनै पनि पदमा नरहेको स्पष्ट पारेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको गाउँ कमिटी हल्दिवारीले एक प्रेस विज्ञप्ति जारी गरी आफूलाई युवक संगठन तथा केन्द्रीय कार्यसमितिको सदस्य भनी झुटो प्रचार गरी तथ्यहीन तथा निराधार कुराहरू विभिन्न सञ्चारमाध्यममा गरेर पार्टीको बदनाम गर्न खोजेकोले अव उप्रान्त त्यस्तो झुटो प्रचार नगर्न खनाललाई चेतावनी दिएको छ । गाउँ कमिटी अध्यक्ष एकराज राना मगरले जारी गरेको विज्ञप्तिमा आगामी दिनमा फेरि यस्ता अनावश्यक र झुटो कुरा गरेर हिँडेको पाइएमा कारबाही गर्न बाध्य हुने जनाइएको छ । स्वतन्त्र तरिकाले काम गर्ने अधिकार सबैलाई भए पनि खनालले पार्टीका नेता कार्यकर्ताहरूलाई बारम्बार प्रहार गरेकाले अव उप्रान्त त्यस्तो नगर्न पार्टीले चेतावनी दिएको हो ।

सम्बन्धित समाचार