२०८३ जेष्ठ १२ गते , मंगलबार
एमालेले गर्यो झापा- ३ बाट प्रदेशसभा सदस्यको नाम सिफारिस
झापा । नेकपा एमालेले झापा क्षेत्र नम्बर- ३ (क) र (ख) बाट प्रदेशसभा सदस्य प्रत्यक्षतर्फको नाम टुङ्गो लगाएको छ । एमाले क्षेत्रीय समितिको बैठकले झापा- ३ (क) प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ वसन्त बानियाँ , चन्द्रामाया श्रेष्ठ र हरि तिम्सिनाको नाम सर्वसम्मतले सिफारिस गरेको छ ।
त्यस्तै झापा- ३ (ख) प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ हरिबहादुर राजवंशी , जीवन कुमार श्रेष्ठ , सोमनाथ पोर्तेल , छविलाल चुँडाल, लक्ष्मण पाठक, धनकेशर बस्नेत र ललिता बस्नेतको नाम सिफारिस गरेको छ । जिल्लाले तीन जनाको नाम सिफारिस गरेर पठाउन पत्राचार गरे पनि (ख) मा सात जनाको नाम परेको छ । एमालेले झापा ३ नम्बर प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फको नाम शनिवार टुङ्गो लगाउने जनाएको छ ।