माओवादी केन्द्रले गर्यो उम्मेदवार सिफारिस, झापा १ मा कार्की, ५ मा तामाङ
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि झापाका पाँचै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । माओवादी केन्द्रले मंसिर ४ गते हुने निर्वाचनका लागि प्रदेश र प्रतिनिधिसभाका लागि उम्मेद्वार सिफारिस गरेको पार्टीका झापा संयोजक राजु आचार्य (अग्नि)ले जानकारी दिए ।
माओवादीले प्रतिनिधिसभाका लागि झापा क्षेत्र नं १ बाट सुरेन्द्रकुमार कार्की (पार्थ), २ बाट राजु आचार्य (अग्नि), ३ बाट पूर्णसिंह राजवंशी र मोहन टुडू, ४ बाट झलकसिंह दर्लामी मगर र ५ बाट रंजित तामाङलाई सिफारिस गरेको संयोजक अग्निले बताए ।
त्यस्तै क्षेत्र नं १ प्रदेश ‘क’ बाट राजु दाहाल, माधव अर्याल, अनिता ढकाल, ‘ख’ बाट श्यामवीर लिम्बू, राजन चिमरिया, नरेन्द्र मेचे , क्षेत्र नं २ ‘क’ बाट ज्योतिसिंह दर्लामी, कुवेर श्रेष्ठ, ‘ख’ बाट प्रेम नेम्बाङ, दिपेश योन्जन, क्षेत्र नं ३ ‘क’ बाट डिल्ली घिमिरे (हिक्मत) ,‘ख’ बाट पूर्णसिंह राजवंशी, मोहन टुडू, मरगुब आलम, क्षेत्र नं ४ ‘क’ बाट झलकसिंह दर्लामी, ‘ख’ बाट रुद्र बजगाई, क्षेत्र नं ५ ‘क’ बाट रंजित तामाङ, ‘ख’ बाट वीरेन्द्र बस्नेत, कर्म पुलामी र गगन पुरी सिफारिस भएको झापा संयोजक अग्निले जानकारी दिएका छन् ।
समानुपातिक तर्फ क्षेत्र नं ३ बाट शिवकुमार राजभण्डारी, हरि अधिकारी, हरि पौडेल सिफारिस भएका छन् । त्यस्तै प्रदेशबाट भागिरथा अधिकारी, पुकारचन्द्र राजवंशी , नरपति चापागाई , हजरत अली , शर्मिला खाती, काश्मिरा खातुन, कुमारी स्वर्णिका सिंह, सीतादेवी न्यौपाने र लेखनाथ पौडेलको नाम सिफारिस गरिएको उनले बताए ।