२०८३ जेष्ठ १२ गते , मंगलबार

निर्वाचन लक्षित कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देन आफ्नै क्षेत्रमा व्यस्त

sajilo news
झापा
२०७९ भाद्र २५ गते , शनिबार
निर्वाचन लक्षित कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देन आफ्नै क्षेत्रमा व्यस्त

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन निर्वाचन लक्षित कार्यक्रममा झापामा व्यस्त रहेका छन्।  झापाको क्षेत्र नम्बर ३ मा उम्मेदवारी घोषणा गरेका अध्यक्ष लिङ्गदेन आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त रहेका हुन्।  झापाको हल्दीवारीमा शनिवार बिहान भएको कायकर्ता भेटघाट र अन्तरक्रियात्मक कार्यक्रममा अध्यक्ष लिङ्गदेनले सम्बोधन गरेका थिए ।  

त्यस्तै आजै शनिवार भद्रपुरमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा समेत अध्यक्ष लिङ्गदेन सहभागी थिए ।  क्षेत्र ३ प्रदेश (क) को आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रममा अध्यक्ष लिङ्गदेनले सम्बोधन गरेका हुन् ।  भद्रपुरको आनी होटेलमा बिहान १० बजे देखि साँझ सम्म सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रममा १५० जना अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।  

उक्त कार्यक्रममा केन्द्रीय सदस्यहरू, जिल्ला, प्रदेश सभा, क्षेत्र, नगर तथा वडा समितिका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा प्रमुख अतिथि समेत रहेका लिङ्गदेनले कार्यकर्ताहरूलाई पार्टीका कार्यदिशा र निर्वाचन लक्षित गतिविधिबारे कार्यकर्ताहरूलाई प्रशिक्षण प्रदान गरेका थिए।   अन्य प्रशिक्षकहरू केन्द्रीय सहायक महामन्त्री रमाकान्त न्यौपाने, प्रशिक्षण विभाग सदस्य खुस्वु ओली रहेको झापा जिल्ला कार्यसमिति सचिव अभिषेक ढुङ्गानाले बताए।  प्रदेश सभा (क) अध्यक्ष पूर्ण राना मगरको सभापतित्वमा सम्पन्न कार्यक्रमको सभापति भद्रपुर नगर अध्यक्ष तथा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की रहेकी थिइन् भने कार्यक्रमको सञ्चालन झापा जिल्ला सचिव अभिषेक ढुङ्गानाले गरेका थिए।  

सम्बन्धित समाचार