२०८३ जेष्ठ १२ गते , मंगलबार

एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने सहमति

sajilo news
झापा
२०७९ आश्विन २२ गते , शनिबार
एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने सहमति


नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चुनावी तालमेल गर्न सहमत भएका छन्। हिजो दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरुले सिट संख्या र स्थानसमेत टुङ्गो लगाउने गरी छलफल गरेका छन्।

राप्रपा अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, निर्देशक समितिका प्रमुख डा। प्रकाशचन्द्र लोहनीसहितका नेताहरु बालकोट पुगेका थिए। बालकोटमा भएको छलफल सकारात्मक रहेको तथा सिट संख्या र स्थान टुङ्गो लागेपनि भोलि फेरि बैठक बस्ने गरी आजको छलफल टुङ्गिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले  जानकारी दिए।

राप्रपाले विशेषगरी अध्यक्ष लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवल शमशेर राणा, दीपक बोहोरालगायतको क्षेत्रमा एमालेको समर्थन खोजेको छ। भोलि बिहान १० बजे अगाडि नै सीट सूची सार्वजनिक हुने राप्रपाले जनाएको छ।

सम्बन्धित समाचार