२०८३ जेष्ठ १२ गते , मंगलबार
चितवन- ३ छाड्दै 'प्रचण्ड', गोरखा- २ बाट उम्मेदवार बन्ने
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन छाड्ने भएका छन्। माओवादी केन्द्रको पदाधिकारी बैठकले अध्यक्ष प्रचण्डलाई गोरखा क्षेत्र नं. २ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ
यसअघि बाबुराम भट्टराईले लड्दै आएको उक्त क्षेत्र प्रचण्डले रोजेका हुन्। बाबुरामले केही दिनअघि मात्रै आफू उम्मेदवार नबन्ने घोषणा गरेका थिए। प्रचण्ड २०७४ को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट विजयी भएका थिए।