२०८३ जेष्ठ १२ गते , मंगलबार

झापा- २ एमालेभित्र असन्तुष्टि, एमाले नेता हरिकुमार राना माओवादीबाट उम्मेदवार बन्दै

sajilo news
झापा
२०७९ आश्विन २३ गते , आईतबार
झापा- २ एमालेभित्र असन्तुष्टि, एमाले नेता हरिकुमार राना माओवादीबाट उम्मेदवार बन्दै

झापा एमालेमा पनि टिकट वितरणमा असन्तुष्टि देखिएको छ । एमाले नेता तथा यसअघिका अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले पार्टी परित्याग गर्ने भएका छन् । 
रानालाई माओवादी केन्द्रले झापा २ बाट टिकट दिने भएपछि उनले एमाले परित्याग गरेका हुन् । यसअघि यहाँ माओवादी केन्द्रबाट नेतृ धर्मशीला चापागाइँ उम्मेदवार बन्ने चर्चा थियो । राना प्रदेश सांसदको दाबेदार थिए । राना १० बुँदे सहमति गरेर एमालेमै बसेका १० भाइ पक्षका हुन् । 
यसअघि पार्टीका नेता अग्नि खरेलले रानालाई पुनः नगरपालिकाको प्रमुख वा प्रदेश सांसदमध्ये एउटा दिने शर्त गरेर एमालेमै राखेका थिए । अहिलेको टिकट वितरणको समयमा भने खरेल आफैं उक्त क्षेत्र छोडेर १ मा जाने तथा रानालाई टिकट दिनुको साटो अपमान गर्न थालेपछि उनले पार्टी छाड्ने भएका हुन् । 
उक्त क्षेत्रमा एमालेका तर्फबाट संघमा देवराज घिमिरेलाई टिकट दिएको छ भने प्रदेशसभा (१) मा एकराज कार्की र प्रदेशसभा (२) मा चिन्तन पाठकलाई उम्मेदवार बनाएको छ ।

सम्बन्धित समाचार