झापा-३ : चर्चा राजवंशीको, टिकट चुँडाललाई
नेकपा एमालेको गठबन्धनबाट झापा क्षेत्र नं ३ (२)मा हरि राजवंशीले टिकट पाएनन् । उनले टिकट पाउने चर्चा रहेको थियो । दाबेदार केन्द्रीय सदस्य राजवंशीको ठाउँमा जिल्ला सदस्य छविलाल चुँडालले टिकट पाएका हुन् ।
प्रबल दाबेदार भएर आफूले तयारी गरिरहेकोमा अन्तिम समयमा आएर पार्टीले टिकट नदिएको राजवंशीले गुनासो गरे । उनले टिकट पाउने कुरा सञ्चारमाध्यममा सार्वजनिक भइसकेको थियो । सोही प्रदेश क्षेत्रमा काँग्रेस गठबन्धनका तर्फबाट माओवादीका पूर्णप्रसाद राजवंशीले उम्मेदवारी दिँदैछन् ।
क्षेत्र नं ३ मा एमाले गठबन्धनका तर्फबाट सङ्घमा राप्रपाका राजेन्द्र लिङ्देन तथा प्रदेश क्षेत्रतर्फ ३९१० मा एमालेका वसन्त बानिया र ३९२० मा एमालेकै चुँडाल उठ्ने भएका हुन् । काँग्रेस गठबन्धनका तर्फबाट सङ्घमा काँग्रेसका कृष्णप्रसाद सिटौला तथा प्रदेश क्षेत्रतर्फ ३ ९१० मा काङ्ग्रेसकै भूमिप्रसाद राजवंशी र ३ ९२० मा माओवादीका पूर्णप्रसाद राजवंशीले उम्मेदवारी दिने भएका छन् ।