२०८३ जेष्ठ १२ गते , मंगलबार

माओवादी नेतृ धर्मशीला चापागाईँले किन छाडिन झापा-२ ?

sajilo news
झापा
२०७९ आश्विन २३ गते , आईतबार
माओवादी नेतृ धर्मशीला चापागाईँले किन छाडिन झापा-२ ?

उम्मेदवार मनोनयन गर्नुपर्ने दिन अन्ततः नेकपा माओवादी केन्द्रकी धर्मशीला चापागाईँले झापा क्षेत्र नं २ को टिकट छोडेकी छन् ।उनको ठाउँमा अर्जुनधारा नगरपालिकाका पूर्व मेयर हरिकुमार राना झापा २ बाट गठबन्धनका उम्मेदवार बन्दैछन् । नेकपा एमालेका प्रदेश कमिटी सदस्य रानाले उम्मेदवार बन्नका लागि हिजो बेलुका पार्टी परित्याग गरेका थिए । उनी माओवादीको चुनाव चिन्ह लिएर चुनाव लड्ने भएका छन् ।

झापा २ मा चुनाव जित्ने सम्भावना नदेखेर धर्मशीलाले टिकट परित्याग गरेकी हुन् । उनले एमाले गठबन्धनका तर्फबाट उम्मेदवार देवराज घिमिरेसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो । आफूले झापा २ मा निर्वाचन लड्ने आँट गर्न नसकेको उनले बताइन् । ‘ मसँग १ करोड रुपैयाँ भएको भए म झापा २ मा कसैलाई टिक्न दिँदैन थिएँ’ उनले भनिन् ‘ अरू १ करोड खोज्थे अनि निर्वाचन लड्थेँ ।’ आफूसँग पैसा छैन चुनाव हारिन्छ भन्ने सोचेर अध्यक्ष पुष्पकमल दाहालसँग सल्लाह गरेर आफूले टिकट छोडेको उनले बताइन् । कसैको दबाब वा प्रभावमा परेर आफूले टिकट नछोडेको उनको भनाइ छ ।

सम्बन्धित समाचार