२०८३ जेष्ठ १२ गते , मंगलबार

एमाले अध्यक्ष केपी शर्मा ओलीले गराए झापा- ५ बाट उम्मेदवारी दर्ता

sajilo news
झापा
२०७९ आश्विन २३ गते , आईतबार
एमाले अध्यक्ष केपी शर्मा ओलीले गराए झापा- ५ बाट उम्मेदवारी दर्ता

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । पूर्व प्रधानमन्त्री ओलीले आइतबार दिउँसो झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको प्रस्तावक रोमनाथ ओली र समर्थक दीपक कार्की रहेका छन् । 

ओली यस अगाडिको निर्वाचनमा ५७ हजार १ सय ३९ मत ल्याउँदै  प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएका थिए । यसपटक पनि सत्ता गठबन्धनबाट अधिकारी उम्मेदवार बनेका छन् । एमालेबाट प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर कमा हिम्मत कार्की र निर्वाचन क्षेत्र नम्बर खमा होमबहादुर थापा उम्मेदवार बनेका छन्।

सम्बन्धित समाचार