२०८३ जेष्ठ १२ गते , मंगलबार

झापा- २ मा स्वागत नेपालको स्वतन्त्र उम्मेदवारी

sajilo news
झापा
२०७९ आश्विन २३ गते , आईतबार
झापा- २ मा स्वागत नेपालको स्वतन्त्र उम्मेदवारी

सामाजिक अभियन्ता तथा अधिवक्ता भद्रप्रसाद (स्वागत) नेपालले झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 

बिर्तामोड नगरपालिका ७ निवासी नेपालले गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई चुनौती दिँदै स्वतन्त्र पदमा उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावक जशोदा नेपाल र समर्थक ओमनाथ उप्रेती रहेका छन् । 

दलहरुबीचको अनेक उतार चढावका बीच अन्ततः मनोनयन दर्तासम्म आइपुग्दा स्वतन्त्र उम्मेदवारको अर्थपूर्ण उपस्थितिले दलहरूको प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवारसँग हुने अनुमान छ ।  नेकपा (एमाले) परित्याग गरेका हरिकुमार राणा सत्तारुढ गठबन्धनका तर्फबाट झापा २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन्, भने एमालेका स्थायी कमिटी सदस्य देवराज घिमिरे पनि प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।  

 

सम्बन्धित समाचार