२०८३ बैशाख १० गते , विहीबार

झापाको शरणामतीमा कार्तिक १८ देखि तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता 

sajilo news
झापा
२०७९ कार्तिक ६ गते , आईतबार
झापाको शरणामतीमा कार्तिक १८ देखि तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता 

शरणामती । झापा गाउँपालिका ६ शरणामतीमा प्रदेश १ पालिका स्तरीय तेस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। प्रदेशका १६ टिमको सहभागिता रहने प्रतियोगिता  कार्तिक १८ गते देखि सञ्चालन भई कार्तिक २२ गते समापन हुने बताइएको छ।

यसै विच प्रतियोगिता सञ्चालनका लागि बसेको आम भेलाले आयोजक समिति गठन गरेको  छ।खगेन्द्र घिमिरेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो।समितिमा उपाध्यक्षमा हुमा कार्की,सचिवमा रुपनारायण बजगाईँ ,सह(सचिवमा भुवन कार्की,कोषाध्यक्षमा दीपक सिटौला रहेका छन् ।त्यस्तै सदस्यहरूमा क्रमशः रूपक कार्की, गोपाल प्रसाईँ, नवीन कटुवाल, भूमिका भट्टराई, डम्बर बस्नेत र शंखरप्रसाद पाण्डे रहेका छन् । भेलाले गजेन्द्र ताम्लीको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ।त्यस्तै शंकरप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति गठन गरिएको छ।

तेस्रो अध्यक्ष कपको  विजेताले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित ट्रफी,मेडल,प्रमाणपत्र पाउनेछन् भने उपविजेता टिमले १ लाख ५ हजार ५ सय ५५ सहित ट्रफी,मेडल,प्रमाणपत्र पाउने नवगठित समितिले बताएको छ।खेलमा वेस्ट प्लेयरले ११ हजार नगद,वेस्ट ब्लकर,वेस्ट सेटर,वेस्ट डिफेन्स,वेस्ट स्पाइकर र राइजिङ प्लेयरले समेत ५ हजार ५ सय ५५ रुपैयाँ नगद  पुरस्कार पाउने भएका छन् ।तेस्रो अध्यक्ष कप सञ्चालनका लागि ११ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

सम्बन्धित समाचार