२०८३ बैशाख ३१ गते , विहीबार
संसद्मा लिङ्देनको थप शपथ : 'भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मान्छु'
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले भ्रष्टाचार नगर्ने भन्दै थप शपथ ग्रहण गरेका छन्। बिहीबार प्रतिनिधिसभा सदस्य पदको शपथ ग्रहण कार्यक्रममा उनले भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह मानेर काम गर्ने भन्दै शपथ लिएका हुन्।
उनले प्रतिनिधिसभा सदस्य पदको शपथ नेपाली भाषमै लिएका हुन्। उनले थप शपथ भन्दै संसद सचिवालयमा पत्रमा लेखिएको छ, ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु।’ नवनिर्वाचित सांसदहरुलाई बिहीबार ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।