२०८३ बैशाख ३१ गते , विहीबार
एमाले प्रदेश १ को संसदीय दलको नेतामा हिक्मत कार्की चयन
नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेतामा हिक्मत कार्की चयन भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत चयन गरिएको सांसद बुद्धिकुमार राजभण्डारीले बताए। कार्की झापा निर्वाचन क्षेत्र नम्बर ५ (क) बाट निर्वाचित भएका हुन्। कार्कीलाई तिलकुमार मेयाङ्बो र रेवतीरमण भण्डारीले समर्थन गरेका थिए।