२०८३ बैशाख ३१ गते , विहीबार

नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय

sajilo news
झापा
२०७९ पौष ११ गते , सोमबार
नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ । सोमबार बिहान पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। श्रेष्ठ राष्ट्रिय सभाका सांसद हुन्।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार अपराह्न ४ बजे राष्ट्रपतिसमक्ष सपथ लिँदैछन्। यससँगै श्रेष्ठलगायत मन्त्रीहरूको शपथ हुनेछ। 

सम्बन्धित समाचार