२०८३ बैशाख ३१ गते , विहीबार
प्रदेश १ का ६० सदस्यको समर्थनमा मुख्यमन्त्रीमा कार्कीको दाबी पेश
नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । प्रदेशसभाका ६० जना सदस्यको हस्ताक्षरसहितको समर्थनमा कार्कीले प्रदेश प्रमुख परर्शुराम खापुङलाई मुख्यमन्त्री पदका लागि दाबी पेश गरेका हुन् ।
कार्कीलाई मुख्यमन्त्री बनाउन दाबीसहित माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला, जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बूसहित नेताहरु प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।
प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्नेमा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेशसभा सदस्यले कार्कीलाई समर्थन गरेका छन् । अब प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्रीको रुपमा नियुक्त गर्नेछन् ।