२०८३ जेष्ठ ३० गते , शनिबार
गृहमन्त्री लामिछानेले भने : ‘कहीँ कतै चुक्यौं भने पद र कुर्सीको लोभमा झुण्डिने छैनौं’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेले काम गर्दा गल्ती गरे पदमा टाँसिएर नबस्ने बताएका छन्। सोमबारको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले काम गर्ने क्रममा कहीँ कतै गल्ती भएमा पदमा नबस्ने बताएका हुन्।
‘हामी कहीँ कतै चुक्यौं भने पद र कुर्सीको लोभमा झुन्डिने छैनौं। यसमा सत्ता साझेदार दलहरू निर्धक्क रहनुहोला,’ उनले भने। गृहमन्त्री लामिछानेले अहिलेसम्म भएका सबै भ्रष्टाचारको अनुसन्धान र छानबिन गरिने बताएका छन्।
‘आफ्ना मान्छे छुटाउनुपर्यो भन्दै दबाब नदिनुहोला,’ उनले भने, ‘भ्रष्टाचारको अनुसन्धान र छानबिनमा प्रभाव नपारिदिनुहोला। किनभने हामी निर्मम भएर भ्रष्टाचारको छानबिन गर्नेछौँ ।’