२०८३ बैशाख ३१ गते , विहीबार

प्रधानमन्त्री दाहाललाई काँग्रेसले पनि विश्वासको मत दिने

sajilo news
झापा
२०७९ पौष २६ गते , मंगलबार
प्रधानमन्त्री दाहाललाई काँग्रेसले पनि विश्वासको मत दिने

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। संविधान रक्षाका लागि कांग्रेसले विश्वासको मत दिने निर्णय सर्वसम्मत भएको कांग्रेसका एक नेताले जानकारी दिए।  प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्ने ती नेताले बताए। 

प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम यही पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा ९४० बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार उक्त विषय बैठकको कार्यसूचीमा समावेश गर्न अनुरोध गरेका थिए। सोही अनुसार कार्यसूची तय भएको ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सदनलाई जानकारी गराएका थिए। आफूलाई विश्वासका मत दिन भन्दै प्रधानमन्त्री प्रचण्डले हिजो साझ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए।

सम्बन्धित समाचार