२०८३ बैशाख ३१ गते , विहीबार

झापा नेवि संघमा विवाद, सभापतिमा दुई जनाको दाबी

sajilo news
झापा
२०७९ माघ ६ गते , शुक्रबार
झापा नेवि संघमा विवाद, सभापतिमा दुई जनाको दाबी

बिर्तामोड । झापामा नेपाल विद्यार्थी संघको सभापतिमा विवाद सुरु भएको छ । नेपाली काँग्रेसको विद्यार्थी संघमा दुई जनाले सभापतिमा दाबी गरेपछि विवाद भएको हो ।

नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिले झापा मेचीनगरका सञ्जय निरौलालाई सभापतिको जिम्मेवारी तोकेको छ । नेपाली काँग्रेस झापाका सभापति देउमान थेबेले जिल्ला सभापतिको रुपमा निरौलाको नाम नेविसंघको केन्द्रलाई सिफारिस गरेका थिए । सोही बमोजिम केन्द्रीय समितिले निरौलालाई काम कारबाही सुरु गर्ने गरी परिपत्र समेत गरिसकेको छ । नेवि संघका केन्द्रीय सभापति दुजाङ शेर्पाले जिल्लामा सभापति रित्त रहेको भन्दै निरौलालाई पार्टीको सिफारिसमा सभापतिको जिम्मेवारी दिएको बताएका छन् ।

यता, मेची क्याम्पसका स्ववियु सभापति समेत रहेका भुवन बुढाथोकीले आफूलाई सभापतिको रुपमा दाबी गरेका छन् । नेविसंघ झापाको लेटरप्याडमा विज्ञप्ति जारी गर्दै उनले नेविसंघ झापाको सभापतिमा अर्को व्यक्ति तोकिएको विषय षडयन्त्र पूर्वक र एकपक्षीय भएको बताए । उनले विज्ञप्ति मार्फत आफू नै नेविसंघ झापाको सभापति भएको भन्दै कसैलाई भ्रममा नपर्न आग्रह गरेका छन् । बुढाथोकीले आफ्नो कार्यसमिति निर्वाचित भएर आएको बताए । निर्वाचित कार्यसमितिलाई नेविसंघको नाममा आएको पत्र मान्य नहुने उनको भनाई छ ।

सम्बन्धित समाचार