२०८३ बैशाख ३१ गते , विहीबार

रवि लामिछाने भने- म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो 

sajilo news
झापा
२०७९ माघ १९ गते , विहीबार
रवि लामिछाने भने- म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो 

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफू महाभारतको अभिमन्यु नभएको लेखेका छन्।

उनले भनेका छन्, 'अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।'

सर्वोच्चले नागरिकता खारेज गरेपछि लामिछानेका सम्पूर्ण पदहरू खारेज गरिदिएको थियो। गत आइतबार पुनस् नागरिकता कायम गरेपछि उनी पार्टी सभापतिमा फर्किए पनि गृह मन्त्रालयमा फर्किने प्रयास भने सफल हुन सकेको छैन। 

सम्बन्धित समाचार