२०८३ बैशाख ३१ गते , विहीबार
प्रदेश १ को नामकरण चाँडै हुन्छ : मुख्यमन्त्री कार्की
बिर्तामोड । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण चाँडै हुने बताएका छन् । शनिवार बिर्तामोडमा प्रेस चौतारी नेपाल झापाको २५ औँ स्थापना दिवसको अवसरमा प्रमुख अतिथि रहेका मुख्यमन्त्री कार्कीले यस्तो दाबी गरेका हुन् ।
‘प्रदेश १ को नामकरण चाँडै हुन्छ’, मुख्यमन्त्री कार्कीले भने–‘सबै दलको सहमतिमा नामकरण गरिनेछ । यदि सहमति हुन सकेन भने पनि संविधान र कानुन बमोजिम प्रदेशको नामकरण हुन्छ ।’पत्रकारको वृत्ति विकास, हित र सुरक्षाका लागि प्रदेश सरकारले कार्यदल बनाएर काम गर्ने उनको भनाई छ । अघिल्लो सरकारले रोकेको पत्रकार सुरक्षा कोष र सञ्चार प्रतिष्ठानहरू कानुन बमोजिम चाँडै सुचारु हुने समेत कार्कीको भनाई छ ।