२०८३ बैशाख ३ गते , विहीबार

काठमाडौंमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने बालेनको घोषणा

sajilo news
झापा
२०८० असार १ गते , शुक्रबार
काठमाडौंमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने बालेनको घोषणा

‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द 
काठमाडौं महानगरपालिकाले हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने भएको छ। बलिउड फिल्म ुआदिपुरुषुमा जानकी भारतीय छोरी भनेर देखाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले हिन्दी फिल्ममा रोक लगाउने घोषणा गरेका हुन्।

उनले उक्त शब्द सच्याउन तीन दिनको समयसमेत तोकेको छ। 'दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन। यो सच्याउन ३ दिनको समय दिइएको छ। माता सीताको जय होस,' उनले भनेका छन्। 

सम्बन्धित समाचार