२०८३ जेष्ठ २४ गते , आईतबार

इलाममा वन उपभोक्ता समूहका अध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा दायर

sajilo news
झापा
२०८० श्रावण २९ गते , सोमबार
इलाममा वन उपभोक्ता समूहका अध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा दायर

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको माई नगरपालिकास्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुमारबहादुर बराइलीसहित आठ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रक्रिया नपुर्‍याई लागत इस्टिमेट तयार पारेको, प्राविधिक बिल भरपाई नराखी समूहको निर्णय विपरीत आफू अनुकूल कागजात तयार पारी १५ लाख रुपैयाँ पाँच हजार नौ सय ३० बराबरको भ्रष्टाचार गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको हो । आयोगले वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध बिगोबमोजिम कैद र जरिवानाको माग गरेको छ ।
यस्तै वन उपभोक्ता समूहका तत्कालीन सल्लाहकार अर्जुनकुमार थापा र कोषाध्यक्ष रामकुमारी खत्रीविरुद्ध रु चार लाख बराबरको बिगो दाबी गरेको छ । वन समूहका उपभोक्ता एवं चिलाउने गौँडा हिलो खोला क्रसिङ फुटपाथ पुलका अध्यक्ष दिलबहादुर मगर र पुलका कोषाध्यक्ष रस्मिला बराइलीविरुद्ध रु चार लाख, दर्तावाला लेखापरीक्षक चन्द्रबहादुर बस्नेतविरुद्ध गलत प्रतिवेदन बनाई भ्रष्टाचारमा सहयोग गरेको आरोप देखिएकाले कैद र जरिवानाको माग गरेको छ ।

आयोगले वन उपभोक्ता समूहका तत्कालीन सचिव रामबहादुर मगर र सोही समूहका तत्कालीन कोषाध्यक्ष चन्द्रकला श्रेष्ठविरुद्ध समान ११ लाख रुपैयाँ पाँच हजार नौ सय ३० बराबरको बिगो दाबी गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

सम्बन्धित समाचार