रास्वपा झापाको सभापतिमा ओम भण्डारी निर्वाचित
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी झापाको सभापतिमा मेचीनगरमा ओमनाथ भण्डारी निर्वाचित भएका छन् । सम्पन्न मतगणनामा ३४१ मत ल्याउँदै भण्डारी निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धीहरु लक्ष्मण बस्नेतले २४७ र अर्जुनकुमार मैनालीले २५ मत हासिल गरेका छन् । सभापति पदका लागि तीन जनाले उम्मेदवारी दिएका थिए । त्यस्तै उपसभापतिमा पुष्पलाल ढकाल निर्वाचित भएका छन् । २१० मत ल्याउँदै ढकाल निर्वाचित हुँदा उनका प्रतिष्पर्धीहरु शान्ता तामाङले १९८ , लीला खड्काले १११ र देव सङ्ग्रौलाले ९३मत पाएका छन् ।
त्यस्तै सचिव पदका लागि विरोध सुवेदी निर्वाचित भएका छन् । सुवेदी ३६८ मत हासिल गरी विजयी हुँदा उनका प्रतिस्पर्धी रविन खड्काले २३५ मत ल्याएका छन् । त्यस्तै सहसचिवमा ३५२ मतसहित भीमबहादुर कुँवर निर्वाचित हुँदा उनका प्रतिष्पर्धीहरु राजेन्द्र खनालले १९३ र लक्ष्मीप्रसाद रेग्मीले ७४ मत ल्याएका छन् ।
त्यस्तै जातीय आधारको सदस्यमा राजनारायण राजवंशी २१२ मत ल्याउँदै विजयी बनेका छन् । उनका प्रतिष्पर्धीहरु सन्तोष मेचे र सराब शेख मियाँले समान १८६–१८६ मत ल्याएका छन् । त्यस्तै खुल्ला तथा महिला सदस्यमा डिल्ली न्यौपाने २२९ , शान्तिमाया न्यौपाने २१४ र मुना सापकोटाले ११९ मतसहित जित हासिल गरेका छन् । खुल्ला तथा महिला सदस्यमा ११ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी दिने अन्यमा नन्दकुमार चुँडाल १२८ , पवन गिरी २१५ , प्रेमप्रसाद खरेल २६, नरेन्द्र राई ११६ , नरेन्द्र शिवाकोटी ९३ ,भेषराज ओली ८६, , चेतकुमार खनाल ८० , बालकृष्ण खतिवडा ५७ र दिवाकर मैनाली १८० मत ल्याएका छन् ।
त्यस्तै क्षेत्रीय सभापतिहरूमा क्षेत्र नं १ बाट कमल गौतम, २ बाट गोपाल कटुवाल , ३ बाट कमल बानियाँ , ४ बाट लीलामाया बस्नेत र ५ बाट चुणामणि पाठक निर्वाचित भएका छन् ।क्षेत्र नं २ बाट कटुवाल र ४ बाट बस्नेत निर्विरोध निर्वाचित भएका थिए ।