२०८३ जेष्ठ २४ गते , आईतबार

बुहारी कुट्ने ससुरा पक्राउ

sajilo news
झापा
२०८० भाद्र १ गते , शुक्रबार
बुहारी कुट्ने ससुरा पक्राउ

बर्दियामा बुहारी कुट्ने ससुरालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका-११ स्थित विजयनगरका ५३ वर्षीय ससुरा भर्थरी चौधरी रहेको प्रहरीले जनाएको छ । भर्थरीले २६ वर्षीया बुहारी प्रमीला चौधरीलाई घरबाट कुट्दै सार्वजनिक स्थलमा लगेर हात र लात्तीले हिर्काउँदै मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बासगढीका इन्स्पेक्टर सुधीर खड्कालका अनुसार बुहारीमाथि बेहोस हुने गरी कुटपिट गरेका भर्थरीमाथि हदैसम्म कारबाही गरिने बताए।

कुटपिट नगर भन्दै श्रीमतीलगायत स्थानीय महिलाले रोकथाम गर्ने प्रयास गरे पनि चौधरीले रोकथाम गर्ने महिलामाथि नै हातपातको प्रयास गरेका थिए। मदिरा पिएर कुटपिट गरेका भर्थरीले यसअघि पनि आफूलाई कुटपिट गरेको पीडित प्रमीलाले बताइन्।

सम्बन्धित समाचार