२०८३ बैशाख ३ गते , विहीबार

मिसेस् नेपाल वर्ल्डको फिनालेमा ‘मिसेस् वर्ल्ड’ सरगम कौशल आउने

sajilo news
काठमाडौं
२०८० भाद्र १२ गते , मंगलबार
मिसेस् नेपाल वर्ल्डको फिनालेमा ‘मिसेस् वर्ल्ड’ सरगम कौशल आउने

‘मिसेस नेपाल वल्र्ड २०२३’ को फिनालेमा ‘मिसेस वल्र्ड २०२२’ सरगम कौशलले सहभागिता जनाउने पक्का भएको छ । आयोजक रिबन इन्टरटेनमेन्टले मिसेस वल्र्ड कौशलले सम्बोधन गरेको भिडियो सन्देश सार्वजनिक गर्दै उक्त कुराको जानकारी गराएको हो । कात्तिक पहिलो साता काठमाडौंमा आयोजना हुने अन्तिम प्रतिस्पर्धामा मिसेस वल्र्ड कौशलका अलवा नेपालका ख्यातिप्राप्त ब्यक्तित्वहरूको उपस्थिति रहने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले बताए।

विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्डको विजेताले अमेरिकामा हुने मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन् । यसका साथसाथै, सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिने अफिसियल कोरियोग्राफर अश्विनीकान्त झाले जानकारी दिए ।

प्रतियोगिताका लागि आगामी भाद्र १६ गते नयाँबानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा अडिसन हुने बताइएको छ । मिसेस नेपाल वल्र्ड २०२३ को विजेताले २०२३ को अन्तिममा अमेरिकाको लसभेगासमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने गर्ने छिन । त्यसैगरी, मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेताले सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा सहभागिता जनाउने पाउनेछिन ।

सम्बन्धित समाचार